Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

शिक्षामा रु २ खर्ब १८ अर्ब, खेलकुदमा रु ४ अर्ब — सरकारको बजेट घोषणा

शिक्षा बजेट

रु २ खर्ब १८ अर्ब

आ.व. २०८३/०८४

छात्रवृत्ति कार्यक्रम

रु ८ अर्ब ६० करोड

विद्यालयदेखि उच्च शिक्षासम्म

खेलकुद बजेट

रु ४ अर्ब ३ करोड

आ.व. २०८३/०८४

शिक्षा क्षेत्र

सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु १ अर्ब विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएससहित चार चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गरिने घोषणा पनि भएको छ।

अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत सहजीकरण गरिने बताएका छन्। स्वदेशी र विदेशी प्राध्यापकबिच प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने र विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गर्न कानुनी व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभएको छ।

बजेटमा वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने, कक्षा ५ देखि ८ सम्मका विद्यार्थी तथा शिक्षक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय सञ्चालन गर्ने योजना पनि समेटिएको छ। यो कार्यक्रम चितवनका चेपाङ समुदायबाट सुरु हुनेछ।

खेलकुद क्षेत्र

खेलकुदतर्फ सरकारले व्यापक पूर्वाधार विस्तारको योजना अघि सारेको छ। मुख्य घोषणाहरू यस प्रकार छन्:

  • १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति
  • प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण
  • विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमता भएका इनडोर मल्टिपर्पोज स्टेडियम ३ वर्षभित्र निर्माण
  • मुलपानी, गिरिजाप्रसाद कोइराला र फाप्ला क्रिकेट रङ्गशालाको डिजाइन पुनरावलोकन र लगानी मोडालिटी निर्धारण  
     
    खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि नै छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिइनेछ। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ।
  • सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद तथा मधेस प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पनि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ।

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्