अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल भित्रिनु देशको पर्यटन तथा लगानी क्षेत्रका लागि सकारात्मक संकेत भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा Marriott International का अध्यक्ष David Marriott तथा नेपाली साझेदार Chaudhary Group का प्रतिनिधिहरूसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले द रिट्ज–कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनाढ्य तथा उच्चस्तरीय पर्यटकहरूको आकर्षक गन्तव्य बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको भोलिपल्ट भएको उक्त भेटमा अर्थमन्त्रीले नेपालमा लगानी विस्तार गरेकोमा म्यारियट समूहलाई धन्यवाद दिए।
उनले नयाँ परियोजनाले विदेशी लगानीकर्तामा उत्साह थप्ने उल्लेख गर्दै नेपालमा उच्चस्तरीय पर्यटनको नयाँ सम्भावना सिर्जना भएको बताए। “द रिट्ज–कार्लटनको आगमनले विश्वका धनाढ्य पर्यटक र लगानीकर्ताको ध्यान नेपालतर्फ आकर्षित गर्न सक्छ। यसले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको उल्लेख गर्दै म्यारियट र द रिट्ज–कार्लटनलाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे। उनले लगानी सुरक्षा, पूर्वाधार विकास तथा कानुनी सहजीकरणमा सरकार पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
भेटमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटले नेपाललाई विश्वस्तरीय हिमाली तथा ट्रेकिङ गन्तव्यको रूपमा थप प्रवर्द्धन गर्न द रिट्ज–कार्लटनले भूमिका खेल्ने बताए। नेपालमा द रिट्ज–कार्लटनको परियोजना घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै उनले आगामी दिनमा थप लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, Rahul Chaudhary ले नेपाल लगानीका प्रशस्त अवसर भएको मुलुक रहेको बताउँदै नयाँ सरकार गठनसँगै लगानीकर्तामा उत्साह बढेको बताए। उनले लगानी प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
भेटमा Nirvana Chaudhary, Rajeev Menon तथा अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्