Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा अन्य प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गर्नुभएको छ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री वाग्लेले बिहीबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्दै नेपालको पुनर्निर्माण तथा आर्थिक विकासका प्राथमिकताबारे छलफल गर्नुभएको हो।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने पूर्वाधार निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन आवश्यक स्रोत परिचालनमा सहयोग गर्न एडीबीका अध्यक्ष कान्दालाई आग्रह गर्नुभयो।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा अर्थमन्त्री वाग्लेले एडीबीप्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो।

भेटमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले नेपालको विकासका प्राथमिकता अघि बढाउन सहकार्यको महत्त्वसमेत उल्लेख गर्नुभयो।

नेपालले प्राकृतिक विपत्तिपछिको पुनरुत्थानसँगै भविष्यमा बाढी तथा जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरण गर्न दिगो र जलवायु-उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको छ।

भेटवार्तामा अर्थमन्त्री वाग्लेसँगै भ्रमण दलमा रहनुभएका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्सालको पनि सहभागिता रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्