Friday, June 05, 2026
शुक्रबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.19 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले २०८३ जेठ २० गते बसेको बैठकको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नाम सार्वजनिक गरिएको जनाएको छ।

सार्वजनिक गरिएको सूचीमा नाम परेका तर यसअघि नै ऋण चुक्ता गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता रकम भुक्तानी गर्न सूचित गरिएको छ। तोकिएको समयभित्र ऋण चुक्ता नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने तथा सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले स्पष्ट पारेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्