बारा, साउन १३
लागुऔषध (ब्राउन सुगर) सम्बन्धी चालु मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जितपुरका अनुसार मिति २०८३ साउन १३ गते बिहान करिब ७ः३० बजे लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका बारा जितपुरसिमरा उपमहानगरपालिका–७ निवासी करिब ३० वर्षीय कुन्दन गुप्तालाई पक्राउ गरिएको हो।
उनीविरुद्ध घटनापछि फरार रहेको अवस्थामा सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट २०८३ असार ३१ गते पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको इलाका प्रहरी कार्यालय जितपुरको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जको वडा नं. २१ कार्यालय अगाडिबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुप्तालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जानकारी दिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्