Saturday, September 12, 2026
शनिबार, भाद्र २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङमा फसेका ३५० जनाको उद्धार

रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका करिब ३५० जनाको नेपाली सेनाले उद्धार गरेको छ।

बाढीपछि आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस फसेको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थालाई लिएर चिन्ता बढेको थियो। चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली सेनाले उद्धार अभियान सञ्चालन गरी ३५० जनालाई सुरक्षित स्थानमा ल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सेनाका अनुसार सुरुङभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि समेत नेपाली सेनाले निरन्तर प्रयास गरिरहेको जनाएको छ।

यसैबीच, नेपाली सेनाले बिहीबार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट स्थानीयवासी तथा मजदुर गरी कुल ८८३ जनाको उद्धार गरेको जनाएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्