Saturday, September 12, 2026
शनिबार, भाद्र २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नेपालमै बनेको ‘यात्री पी–२’ ले जगायो राष्ट्रिय आत्मविश्वास : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गर्नुभएको छ।

सिप्रदी यात्री कम्पनीले उत्पादन गरेको उक्त स्कुटर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालमै विश्वस्तरीय विद्युतीय सवारीसाधन निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो।

उहाँले बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने यात्री पी–२ ले नेपालमा पनि स्तरीय उत्पादन सम्भव छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो। नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको छ।”

उहाँले यात्री पी–२ इटालीका चर्चित ब्रान्डभन्दा पनि अब्बल बन्न सफल होस् र आगामी दिनमा विश्व बजारमा आफ्नो स्थान बनाउन सकोस् भन्दै शुभकामना दिनुभयो।

नेपालमै उत्पादन भएको विद्युतीय स्कुटरको विस्तार र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग तथा संरक्षण गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गर्नुभयो।

नेपालमा विद्युतीय सवारीसाधनको उत्पादन र प्रयोग बढ्दै गइरहेका बेला ‘यात्री पी–२’ को सार्वजनिक प्रदर्शनलाई स्वदेशी प्रविधि र उत्पादन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्