Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
खेलकुद

गोल्डेन बुटको दौड रोमाञ्चक, एमबाप्पे मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा

फ्रान्सका कप्तान किलियन एमबाप्पे चालु फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।

पछिल्लो खेलमा गोल गर्दै एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गरेका हुन्। यससँगै उनी गोल्डेन बुटको दौडमा मेसीसँग बराबरीमा पुगेका छन्।

एमबाप्पेले हालसम्म पाँच खेलमा ७ गोल र २ असिस्ट गरेका छन् भने मेसीले चार खेलमै ७ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। दुवै खेलाडी समान ७–७ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन्।

त्यसैगरी नर्वेका अर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका ह्यारी केन समान ५–५ गोलसहित तेस्रो स्थानमा छन्। हालान्डले तीन खेलमै पाँच गोल गरेका छन् भने केनले चार खेलमा पाँच गोल गरेका हुन्।

फ्रान्सका ओस्मान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान ४–४ गोलसहित सूचीको अर्को स्थानमा छन्। डेम्बेले र भिनिसियसले २–२ असिस्ट दिएका छन् भने ओयारजाबाल र सारले १–१ असिस्ट गरेका छन्।

विश्वकप नकआउट चरण थप रोमाञ्चक बन्दै जाँदा गोल्डेन बुटको प्रतिस्पर्धा पनि मेसी र एमबाप्पेबीचको मुख्य आकर्षणका रूपमा अघि बढिरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्