Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत सुरक्षा सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको उक्त बैठक पहिलोपटक भारतमा बस्न लागेको हो। यस उच्चस्तरीय सुरक्षा संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो।

मंगलबार, असोज २७ गते (१३ अक्टोबर २०२६) भारतको नयाँ दिल्लीमा हुने बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा बिमस्टेक क्षेत्रमा देखिएका लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी, आतंकवाद, विपद्जन्य सुरक्षा चुनौती तथा साइबर अपराधलगायत अन्तरदेशीय र क्षेत्रीय सुरक्षा सरोकारका विषयमा छलफल हुनेछ।

त्यसैगरी, सुरक्षा क्षेत्रअन्तर्गत बिमस्टेकका विभिन्न संयन्त्रमा भएका छलफलका निष्कर्ष तथा दस्तावेज पारित गर्ने र घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत रहेको छ।

बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहत कार्यका लागि क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनेछ।

बिमस्टेक सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा रहेका गुरुङले बैठकमा सहभागी हुने क्रममा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। द्विपक्षीय वार्तामार्फत नेपाल र अन्य सदस्य राष्ट्रबीच सुरक्षा सहकार्य तथा आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा सहभागी भई गृहमन्त्री गुरुङ असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्