Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

नेपालका लागि नर्वे सरकारले स्वास्थ्य क्षेत्रलगायत विभिन्न विकास प्राथमिकताका क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योस (H.E. Ms. Dagny Mjøs) बीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमहरूको समीक्षा गरिएको थियो।

मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो।

जवाफमा राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा थप सहकार्यका कार्यक्रम अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो।

नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। दुवै पक्षले आगामी दिनमा समेत आपसी सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्