Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
खेलकुद

जीतपुरमा असार ६ देखि ‘जेसीएल सिजन–१’ क्रिकेट प्रतियोगिता हुँदै

बारा, जीतपुर । जीतपुर–सिमरा क्षेत्रमा क्रिकेट खेलको विकास तथा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जीतपुर क्रिकेट लिग (जेसीएल) सिजन–१ आयोजना हुने भएको छ।

शान्ति युवा विकास मञ्च, जीतपुर को आयोजनामा हुने प्रतियोगिता आगामी असार ६ गतेदेखि शान्ति टोल फिल्ड, जीतपुरमा सञ्चालन हुनेछ। प्रतियोगितामा जीतपुर टाइगर्स, जीतपुर थन्डर, रिफात फार्मेसी, जीतपुर स्टार्स र जीतपुर किङ्स गरी पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक स्वस्तिक ट्रेड एण्ड कन्सर्न (टीभीएस), जीतपुर–सिमरा–७, बारा रहेको छ। साथै विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रीय क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता सफल बनाउन आयोजक समितिले सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा स्थानीयवासीहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न हार्दिक अनुरोध गरेको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्