Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

जनकपुरमा प्रधानमन्त्री कार्कीको जानकी मन्दिर दर्शन, धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

प्रधानमन्त्री सुशीला कार्की ले शुक्रबार बिहान धनुषास्थित प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर मा दर्शन तथा विशेष पूजाआराधना गरेकी छन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम पुगेकी प्रधानमन्त्री कार्कीले मन्दिरमा पूजाअर्चना गरेकी हुन्। सो अवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्दै पुष्पमाला र प्रसाद प्रदान गरेका थिए भने पुजारीहरूले स्वस्तिवाचन गरी आशीर्वाद दिएका थिए।

दर्शनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई नेपालको धार्मिक तथा सांस्कृतिक गौरवको केन्द्रका रूपमा उल्लेख गर्दै यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको पनि स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासन, विकास र स्थायित्वतर्फ केन्द्रित रहेको उल्लेख गर्दै देशको समृद्धिका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

यसअघि प्रधानमन्त्री कार्कीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरू तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले स्वागत गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्