Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, तीन वर्षमा १० फुटबल रंगशाला निर्माण तथा स्तरोन्नति गरिने

सरकारले आगामी तीन वर्षभित्र देशका विभिन्न स्थानमा कम्तीमा १० वटा फुटबल रंगशाला निर्माण तथा स्तरोन्नति गर्ने घोषणा गरेको छ। यी रंगशालाहरू ८ हजार दर्शक क्षमताका हुनेछन् भने आधुनिक फ्लडलाइटसहित सुविधासम्पन्न बनाइनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

बजेट भाषणका क्रममा उनले खेल पूर्वाधारलाई युवा विकास, प्रतिभा उत्पादन र स्थानीय अर्थतन्त्रसँग जोड्ने उद्देश्यका साथ आगामी तीन वर्षभित्र कम्तीमा १० वटा फुटबल रंगशालाको निर्माण तथा स्तरोन्नति गरिने जानकारी दिए।

सरकारका अनुसार रंगशालाहरूमा अन्तर्राष्ट्रियस्तरका आधारभूत सुविधा विस्तार गरिनेछ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आगामी आर्थिक वर्षका लागि सरकारले खेलकुद क्षेत्रतर्फ कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट खेल पूर्वाधार विस्तार, खेलाडी विकास तथा खेल गतिविधिको प्रवर्द्धनमा खर्च गरिने जनाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्