Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरमा खैरो हिरोइन र गाँजासहित दुई युवक पक्राउ

बारा, असार २०। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरबाट प्रहरीले खैरो हिरोइन र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले लल्का पुल नजिक नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्। प्रहरीका अनुसार खानतलासीका क्रममा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हिरोइन र २५.५३ ग्राम गाँजा बरामद भएको हो।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।

प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग तथा आसपासका क्षेत्रमा निगरानी बढाइएकाले यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्