Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

बारा–पर्सा औद्योगिक करिडोरको नेतृत्व संजय साहलाई

बारा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), मधेश प्रदेशले जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष संजय साहलाई बारा–पर्सा औद्योगिक करिडोर समितिको सभापतिमा मनोनीत गरेको छ ।

महासंघको मधेश प्रदेश कार्यकारिणी समितिको २०८३ भदौ ५ गते बसेको बैठकको निर्णयअनुसार साहलाई उक्त समितिको सभापतिको जिम्मेवारी दिइएको हो । महासंघका मधेश प्रदेश अध्यक्ष विजय कुमार साहले २०८३ असोज १९ गते पत्र जारी गर्दै मनोनयनबारे जानकारी गराएका हुन् ।

बारा र पर्सा जिल्लामा फैलिएको औद्योगिक करिडोरको विकास तथा प्रवर्द्धन र त्यहाँका उद्योग–व्यवसायको हकहित संरक्षणमा साहले पुर्‍याएको योगदान, अनुभव र क्षमतालाई मध्यनजर गर्दै जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ ।

साहको नेतृत्वमा समितिले औद्योगिक करिडोरमा रहेका उद्योगहरूको समस्या समाधान, औद्योगिक पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा सम्बन्धित सरकारी निकाय र सरोकारवालासँग समन्वय गर्ने अपेक्षा महासंघले गरेको छ ।

महासंघले समितिको प्रभावकारी सञ्चालन तथा तोकिएको जिम्मेवारी निर्वाहका लागि आवश्यक सहयोग र समन्वय उपलब्ध गराउने जनाएको छ ।

बारा–पर्सा औद्योगिक करिडोर मधेश प्रदेशको प्रमुख औद्योगिक क्षेत्रमध्ये एक हो । यस क्षेत्रका उद्योगहरूको समस्या सम्बोधन, लगानीमैत्री वातावरण निर्माण र औद्योगिक विकासका विषयमा समितिको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्