Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सिमरामा चक्कु प्रहारबाट एक जनाको हत्या

३ असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित मेनरोडको एक होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।

शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा चक्कु प्रहार हुँदा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्का गम्भीर घाइते भएका थिए।

घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खाजा खान होटलमा आएका दुई समूहबीच विवाद भएको थियो। विवादका क्रममा होटलको भान्सामा रहेको चक्कु प्रहार हुँदा खड्काको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्