बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकस्थित पथलैया–वीरगन्ज सडकखण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ निवासी ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना बुधबार बिहान करिब ५ः३० बजे भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान ७ः३० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्