Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

तलब नपाएपछि मधेशका १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलनमा

प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मी तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो गर्दै उनीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना सुरु गरेका हुन्।

आन्दोलनरत प्रयोगशालाकर्मीका अनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्म उनीहरूले तलब पाएका छैनन्। साथै, चाडपर्व भत्ता लगायत कानुनबमोजिम उपलब्ध हुनुपर्ने अन्य सेवा–सुविधासमेत नपाएको उनीहरूको भनाइ छ।

उनीहरूले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगोमा नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस पहल नभएको आरोप उनीहरूको छ।

संघर्ष समितिले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तत्काल भुक्तानी गर्न, चालु आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक सुनिश्चित गर्न, सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता लगायतका सुविधा उपलब्ध गराउन माग गरेको छ।

उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्