Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

‘Leading with Purpose’ नारासहित लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकको ‘सेवा सप्ताह २०२६/२७’ सम्पन्न

लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकले लायन वर्ष २०२६/२७ अन्तर्गत जुलाई १ देखि ७ सम्म सञ्चालन गरेको ‘Service Week 2026/27’ सफलतापूर्वक सम्पन्न गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको ‘Leading with Purpose’ नारालाई आत्मसात गर्दै क्लबले ‘One Week, Many Smiles, Endless Impact’ अभियानमार्फत सात दिनमा सातवटा सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

क्लबका अध्यक्ष लायन दिबेश्वरी श्रेष्ठ जोशीको नेतृत्व तथा Service Week Coordinator लायन सन्तोष सार्राफको संयोजनमा सम्पन्न सेवा सप्ताहअन्तर्गत वातावरण संरक्षण, मानसिक स्वास्थ्य प्रवर्द्धन, मानवीय सेवा, पशु कल्याण र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत शंखमूलस्थित हनुमान मन्दिर परिसरको सरसफाइ, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, कमलादी र जमल क्षेत्रमा रहेका सडक कुकुरलाई आहार वितरण, संकटा मन्दिर क्षेत्रमा आवश्यकतामा परेका व्यक्तिलाई फलफूल वितरण तथा पशुपन्छीलाई दाना खुवाउने, सुखावतीको सहकार्यमा लत्ताकपडा वितरण, राष्ट्रिय खेलाडी विशाक कुमार सिंहको शल्यक्रियाका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा बुङ्गमतीस्थित Disable Service Association मा आश्रित बालबालिका र वयस्कलाई पौष्टिक भोजन तथा नगद सहयोग प्रदान गरिएको क्लबले जनाएको छ।

सेवा सप्ताह सफल बनाउन KSV School & College र Shishu Travels ले सहकार्य गरेका थिए। कार्यक्रमको व्यवस्थापनमा क्लबका सचिव लायन सञ्जय कुमार कुशवाहा, द्वितीय उपाध्यक्ष लायन निशा नेम्कुल, पदाधिकारी, सदस्य, लियो, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

सेवा सप्ताह सम्पन्न भएको अवसरमा क्लबका अध्यक्ष दिबेश्वरी श्रेष्ठ जोशीले सेवा नै लायन्सको मूल पहिचान भएको उल्लेख गर्दै समुदायको आवश्यकता अनुसार यस्ता सेवामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्लबले सेवा सप्ताह सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने लायन्स तथा लियो सदस्य, साझेदार संस्था, दाता, शुभेच्छुक र सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै “We Serve” को मूल भावनाअनुसार आगामी दिनमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्