Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

कर्णाली र सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन तथा नेटवर्क सेवा विस्तार गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा गुणस्तरीय टेलिफोन तथा दूरसञ्चार सेवा विस्तार गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै देशभर गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच विस्तार गरिने बताएका हुन्।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिफोन तथा नेटवर्क सेवाको गुणस्तर सुधार गर्दै सेवा विस्तार गरिने उल्लेख गरे। उनका अनुसार सञ्चार पूर्वाधार सुदृढ बनाइ दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गरिनेछ।

सरकारले दूरसञ्चार क्षेत्रको विकाससँगै संस्थागत सुधारका कार्यक्रम पनि अघि बढाउने जनाएको छ। यसअन्तर्गत सरकारी मुद्रणका लागि स्थापना गरिएका विभिन्न संरचनालाई एकीकृत गर्दै ‘एकीकृत सुरक्षा मुद्रण संस्थान’ स्थापना गरिने भएको छ।

यस्तै, दूरसञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालु वर्षभित्र दूरसञ्चार प्राधिकरण सम्बन्धी विधेयक संसद्मा पेस गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

सरकारको यो घोषणाले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय सञ्चार सेवामा पहुँच बढ्नुका साथै डिजिटल पूर्वाधार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्