Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, असार ७ मा निर्वाचन हुने

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनसहितको वार्षिक साधारणसभा भव्य तथा सुव्यवस्थित रूपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा आयोजित सो अधिवेशनमा उद्योगी–व्यवसायी, विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्मारिका विमोचन र प्रतिवेदन अनुमोदन

कार्यक्रममा संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्षको वार्षिक प्रतिवेदन पनि सर्वसम्मतिले अनुमोदन गरिएको थियो। बन्दसत्रमा व्यवसायिक वातावरण निर्माण, उद्योग–व्यवसाय क्षेत्रका चुनौती, लगानीमैत्री वातावरण तथा निजी क्षेत्रका सरोकारका विषयमा उद्योगी तथा व्यवसायीहरूले आफ्नो चासो र चिन्ता खुलेर व्यक्त गरेका थिए।

कार्यक्रमको जानकारी संघका कोषाध्यक्ष रामबाबु कलवारले दिएका हुन्।

विशिष्ट अतिथिहरूको उपस्थिति

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र पर्सौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुल्शी गुप्ताको समेत उपस्थिति रहेको थियो।

अधिवेशनलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, महासंघका केन्द्रीय तथा जिल्ला/नगर तहका पदाधिकारी, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, बस्तुगत समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सल्लाहकार तथा राजनीतिक दलका प्रतिनिधिहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

यसैगरी स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

असार ७ मा निर्वाचन, असार ११ मा सपथ ग्रहण

अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि आगामी नेतृत्व चयन प्रक्रियाको जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ।

निर्वाचन अधिकृत तथा अधिवक्ता शरद चन्द्र भट्टराईका अनुसार आगामी असार ७ गते निर्वाचन र असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिने तय भएको छ। विस्तृत निर्वाचन तालिका पनि सार्वजनिक गरिसकिएको छ।

"जय उद्योग, जय व्यापार, जय पर्यटन"

कार्यक्रमको समापनमा अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै संघको निरन्तर प्रगतिका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए।

उनले "जय उद्योग, जय व्यापार, जय पर्यटन" को नारासहित उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा संघ सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्