Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा–२ मा अतिक्रमण हटाउन अन्तिम चेतावनी, असार १३ भित्र सामान हटाउन आग्रह

जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गत सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन अन्तिम सूचना जारी गर्दै असार १३ गतेभित्र स्वेच्छाले सामान हटाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित सहरी विकासलाई प्राथमिकता दिँदै जारी गरेको सूचनाअनुसार साविक पिपरा–सिमरा गाउँ विकास समिति, साविक प्राथमिक स्वास्थ्य केन्द्र, साविक पशु सेवा केन्द्र, साविक कृषि सेवा केन्द्र, साविक कृषि बजार तथा सिमरा कलेज रोडको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका सार्वजनिक जग्गामा केही व्यक्तिले ठेला, गाडा, खटिया लगायतका सामग्री राखेर व्यापार सञ्चालन गर्दै अतिक्रमण गरेको पाइएको छ।

नगरपालिकाका अनुसार यस्तो अतिक्रमणका कारण सार्वजनिक सम्पत्तिको संरक्षण, सर्वसाधारणको आवागमन तथा भविष्यका पूर्वाधार निर्माणमा अवरोध पुगेको छ। त्यसैले सम्बन्धित सबैलाई २०८३ असार १३ गते (शनिबार) भित्र आफ्ना सामान स्वेच्छाले हटाई सार्वजनिक स्थान खाली गर्न अनुरोध गरिएको हो।

उपमहानगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम असार १४ गते (आइतबार) नगरपालिकाले आफैं अतिक्रमण हटाउने जनाएको छ। त्यस क्रममा राखिएका सामान जफत गरिने र अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट नै असुल गरिने चेतावनीसमेत दिइएको छ।

नगरपालिकाले सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कानुनी व्यवस्थाको पालना गर्न र निर्धारित समयभित्र अतिक्रमण हटाई व्यवस्थित नगर निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्