Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा वडा नं. १ को नयाँ प्रशासनिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी हुने

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ।

नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी तथा वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले आधुनिक प्रशासनिक भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरे। स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै उनले पूर्वाधार विकाससँगै सेवा प्रवाहको गुणस्तरमा निरन्तर सुधार गरिने बताए।

उपप्रमुख भोलाप्रसाद अधिकारीले नयाँ भवनले वडा कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउनुका साथै सेवाग्राहीले सहज वातावरणमा सेवा प्राप्त गर्ने आधार तयार भएको बताए। जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयबाट नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न सबै पक्ष प्रतिबद्ध रहेको उनको भनाइ थियो।

वडाध्यक्ष हिराबहादुर गुरुङले नयाँ प्रशासनिक भवन सञ्चालनसँगै वडावासीलाई पारदर्शी, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने जिम्मेवारी अझ बढेको बताए। उनले आगामी दिनमा वडाको समग्र विकास र जनसेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अन्य जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्