Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरामा १ किलो ७३० ग्राम गाँजासहित एक जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले बुधबार साँझ करिब ४ः४० बजे स्थानीय ३६ वर्षीय जयनारायण चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीले आफ्नै घरको आँगनमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ लुकाएर राखेको अवस्थामा फेला परेको थियो। प्रहरीले उनको साथबाट १५ वटा पुडिया गरी ३२० ग्राम तथा कालो प्लास्टिकमा राखिएको १ किलो ४१० ग्राम पदार्थ बरामद गरेको जनाएको छ।

प्लास्टिकसहित बरामद भएको पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्