Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सिमराको होटलमा बसेका भारतीय नागरिकको मृत्यु, प्रहरीले अनुसन्धान थालेको

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित लामा होटलमा बास बसेका एक भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको कोलकाताका ६० वर्षीय अरुप साँधु रहेका छन्।

प्रहरीका अनुसार साँधुले आइतबार राति विश्वकप फुटबलको फाइनल खेल हेरेपछि होटलमै विश्राम गरेका थिए। सोमबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार प्रहरी घटनास्थल पुग्दा साँधु अचेत अवस्थामा फेला परेका थिए। तत्काल अस्पताल पुर्‍याइए पनि उनको ज्यान जोगाउन नसकिएको उनले बताए।

मृतकको शव पोस्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धानका क्रममा साँधुसँगै होटलमा रहेका सर्लाहीको हरिवन नगरपालिका–१ निवासी ४० वर्षीय जिवन प्रधानलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले मृतकका भारतस्थित परिवारजनलाई घटनाबारे जानकारी गराइसकेको जनाएको छ। आफन्त नेपाल आएपछि कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाइने प्रहरी निरीक्षक थापाले जानकारी दिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्