Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

गृहमन्त्रीको स्टिङ अपरेसनपछि प्रहरीको सक्रियता बढ्यो, बाराको जितपुरबाट ३६० ग्राम गाँजा बरामद

गृहमन्त्रीको हालैको स्टिङ अपरेसनपछि सीमा क्षेत्रमा प्रहरीको सक्रियता बढ्दै गएको देखिएको छ। तस्करी तथा लागूऔषध नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला बाराबाट ३६० ग्राम गाँजा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ३६० ग्राम गाँजा बरामद गरिएको हो। घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्ला दिनमा सीमा क्षेत्रमा तस्करी र लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी, सवारी साधन जाँच तथा विशेष अभियानलाई तीव्र बनाएको छ। गृहमन्त्रीको आकस्मिक अनुगमन र निर्देशनपछि सुरक्षा निकाय थप सक्रिय बनेको देखिएको स्थानीयको भनाइ छ।

प्रहरीले लागूऔषधको ओसारपसार तथा कारोबारमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ। साथै सीमावर्ती क्षेत्रमा चेकजाँचलाई अझ प्रभावकारी बनाइने र यस्ता अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्