Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

छातापिपरामा भीषण मोटरसाइकल दुर्घटना : पैदल यात्रुसहित तीन जनाको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको भीषण दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गरिरहेका एक पैदल यात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक र पैदल यात्री गरी तीन जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया घर भई हाल काठमाडौं बस्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौंको टोखा नगरपालिका निवासी २० वर्षीय डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान भने खुल्न बाँकी रहेको छ।

दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकहरूको शव हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्