Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

इँटा भट्टामा पर्खाल भत्किँदा तीन मजदुरको ज्यान, दुई घाइते

सर्लाहीको हरिपुर नगरपालिकास्थित एक इँटा उद्योगमा शुक्रबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हरिपुर नगरपालिका–५ मजुर्वामा रहेको कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा अचानक माटो र इँटाको पर्खाल भत्किँदा काम गरिरहेका मजदुरहरू पुरिएका थिए। साँझ करिब ६ बजेतिर भएको घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार उपचारका क्रममा सर्लाहीको गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर घर भएका ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो।

दुर्घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन्। प्रहरीले उनीहरूको अवस्था खतरा बाहिर रहेको जनाएको छ।

मृतकहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्