Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जितपुरमा १ ग्राम ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

बारा । जितपुरमा प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असोज २ गते दिउँसो करिब २ बजे जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकै बायाँतर्फको सडकको सर्भिस लेनमा प्रहरीले शंकास्पद अवस्थामा एक युवकलाई जाँच गरेको थियो।

इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार जनाको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २० वर्षीय दिपु राउत कुर्मीलाई चेकजाँच गरेको हो।

चेकजाँचका क्रममा उनको गोजीबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब १ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

ब्राउन सुगर फेला परेपछि कुर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुर, बारामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय जितपुरबाट करिब १.५ किलोमिटर दक्षिणतर्फ पर्छ। पक्राउ परेका युवकमाथि लागुऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्