Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

बारामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आफ्ना मामा घर सुवर्ण गाउँपालिका–७ चौरहियामा आएकी थिइन्। आइतबार साँझ करिब ५ः३० बजे घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ।

परिवारले खोजतलास गर्ने क्रममा साँझ करिब ६ः१५ बजे बालिकालाई सोही पानीमा मृत अवस्थामा फेला पारेका थिए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्