Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

१५ दिनमै तलब दिन सुरु, सरकारको नयाँ अभ्यास लागू

काठमाडौँ — सरकारले निजामती कर्मचारीलाई अब हरेक १५ दिनमा तलब दिने व्यवस्था औपचारिक रूपमा सुरु गरेको छ। अर्थ मन्त्रालयका अनुसार पाइलट परियोजनाको रूपमा बुधबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत भुक्तानी प्रक्रिया सुरु गर्दै यस योजनाको शुभारम्भ गर्नुभएको हो। पहिलो चरणमा अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन्।

सरकारका अनुसार १५ दिनमै तलब भुक्तानी गर्दा बजारमा नियमित नगद प्रवाह बढ्ने, उपभोग र माग वृद्धि हुने तथा अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री वाग्लेले यस व्यवस्थाले साना व्यवसायीलाई समेत राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

महालेखा नियन्त्रक कार्यालयले यो प्रणाली प्राविधिक रूपमा तयार रहेको जनाउँदै क्रमशः अन्य मन्त्रालय, प्रदेश तथा सरकारी सेवामा विस्तार गरिने जनाएको छ। हालको प्रणालीबाट कर्मचारीले चाहेको समयमा—१५ दिन वा मासिक—तलब भुक्तानी गर्न सकिने व्यवस्था रहेको पनि कार्यालयले स्पष्ट पारेको छ।

सरकारले गत वैशाख ४ गते नै १५ दिनमै तलब दिने निर्णय पाइलट परियोजनाको रूपमा अघि बढाउने घोषणा गरेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्