बारा ४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनीमा नेकपा (एमाले) को निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ। सोमबार आयोजित कार्यक्रममा कार्यालयको उद्घाटन एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यालय स्थापनासँगै चुनावी गतिविधि थप सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क र प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्य रहेको बताइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्