Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

धादिङ बस दुर्घटनामा ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि परे

११ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये ६ महिला र ११ पुरुष रहेका छन्। दुर्घटनामा परेका २७ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा केही विदेशी पर्यटकसमेत परेका छन्, जसमा एक जना न्यूजील्याण्डका नागरिक रहेका छन्।

पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिकै सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। बस क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उद्धार टोलीले घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म ल्याएर, त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाएको थियो।

रातिको समय, दुर्गम स्थान र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। “टर्च बाल्दै घाइतेहरूको उद्धार गर्नुपर्‍यो। आवश्यक उद्धार सामग्रीको अभाव महसुस भयो,” उनले घटनास्थलबाट जानकारी दिए।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली परिचालित भएको थियो भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीसमेत परिचालन गरिएको थियो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्