Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा भीषण आगलागी, पाँच दमकलद्वारा नियन्त्रण प्रयास जारी

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार आज बिहान करिब १०ः४० बजे फ्याक्ट्रिभित्र विद्युत् तार सर्ट भई आगलागी सुरु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना प्रहरी र औद्योगिक सुरक्षा बेस शसस्त्र प्रहरी, जितपुरबाट शसस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज बारा तथा वीरगञ्ज महानगरपालिकाबाट गरी कुल पाँच वटा दमकल परिचालन गरिएको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको छ।

हालसम्म आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्