Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ, धार्मिक सद्भाव भड्काउने आशंका

वीरगञ्ज । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चुनावको संवेदनशील समयमा हिंसा तथा धार्मिक सद्भाव भड्काउने उद्देश्यले ती सामग्री बोकेर हिँडिरहेका व्यक्तिहरूलाई गएराति वीरगञ्जबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले सुँगुरको टाउको मस्जिद परिसरमा फ्याँक्ने तयारी गरेका थिए। उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारी प्रयोग गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। समयमै सूचना पाएर प्रहरीले हस्तक्षेप गरेपछि सम्भावित घटना टरेको सुरक्षा निकायले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट ९ थान सुतली बम, केही तार तथा अन्य शंकास्पद सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्