Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिमरामा KIEC को १६औँ शाखा सञ्चालनमा, विदेश अध्ययन चाहने विद्यार्थीहरूलाई ठूलो राहत

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी (KIEC) ले बाराको सिमरामा आफ्नो १६औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

सिमरास्थित राष्ट्रिय वाणिज्य बैंक को भवनमा आयोजित विशेष समारोहबीच शाखाको ग्राण्ड ओपनिङ गरिएको हो। शाखाको उद्घाटन केआइईसी काठमाडौं मुख्य कार्यालयका कार्यकारी निर्देशक राजेन्द्र रिजाल र सिमरा शाखाकी कार्यकारी निर्देशक सबु कडेँल ले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक राजेन्द्र रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र आसपासका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय र भरपर्दो परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बताए।

उनले भने, “विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि हामी भरपर्दो पुलको रूपमा काम गर्नेछौं। सही सूचना, पारदर्शी प्रक्रिया र व्यक्तिगत परामर्श हाम्रो मुख्य प्राथमिकता रहनेछ।”

नयाँ शाखामार्फत विद्यार्थीहरूलाई विभिन्न देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयबारे जानकारी, उपयुक्त कोर्स छनोट, आवेदन प्रक्रिया, भाषा तयारी, भिसा काउन्सिलिङ र प्रस्थानपूर्व मार्गनिर्देशनजस्ता सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध गराइने छ।

कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ-संस्थाका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले सिमरामै यस्तो गुणस्तरीय सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको बताउँदै यसले राजधानी धाउनुपर्ने बाध्यता कम गर्ने विश्वास व्यक्त गरेका थिए।

केआइईसीका प्रतिनिधिहरूले पछिल्लो समय विदेश अध्ययनप्रति युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै सुरक्षित, व्यवस्थित र पारदर्शी वैदेशिक शिक्षाका लागि विश्वसनीय परामर्श अत्यावश्यक रहेको बताए।

नयाँ शाखा सञ्चालनसँगै सिमरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूले अब काठमाडौं धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने र आफ्नै ठाउँबाटै विदेश अध्ययनसम्बन्धी सबै प्रक्रिया सहज रूपमा पूरा गर्न सक्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्