Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिमरामा ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु, पर्यटन प्रवर्द्धनमा जोड

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक–सांस्कृतिक सम्भावनाको उजागर गर्ने उद्देश्यले सिमरामा बिहीबारदेखि चार दिने ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु भएको छ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजना गरिएको उक्त तालिम चैत ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्वारा आयोजित तालिममा होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित ३० जनाको सहभागिता रहेको छ।

कोरोना महामारी र आर्थिक सुस्ततापछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्दै मधेस प्रदेशमा पर्यटक भित्राउने उपाय, सांस्कृतिक सम्पदाको प्रवर्द्धन तथा बजारीकरणका विषयमा केन्द्रित भएर तालिम सञ्चालन गरिने जनाइएको छ। तालिममा डा. पशुपति न्यौपानेराजेन्द्र दाहाल ले प्रशिक्षण दिनेछन्।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भए पनि यसको उचित उपयोग हुन नसकेको उल्लेख गर्दै यस्ता तालिमले दक्ष जनशक्ति उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उद्घाटन सत्रमा नाटा मधेस प्रदेशका संस्थापक सल्लाहकार युवराज लामा, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, पर्सा राष्ट्रिय निकुञ्ज का सहायक संरक्षण अधिकृत सन्तोष भगत लगायतले मधेसको पर्यटन विकासका चुनौती र समाधानबारे धारणा राखेका थिए।

यसैगरी पर्यटन व्यवसायी यज्ञमुर्ती आचार्य, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्वअध्यक्ष सञ्जय साह तथा होटल तथा पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रलाद उप्रेती ले पर्यटन प्रवर्द्धनका लागि निजी र सरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

चार दिनसम्म सञ्चालन हुने तालिमले सहभागीहरूलाई मधेसको संस्कृति, सम्पदा र पर्यटकलाई दिइने सेवाको गुणस्तरबारे व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको नाटाका सदस्य सदाम हुसेन अंसारी ले जानकारी दिए। उद्घाटन कार्यक्रमको सहजीकरण नाटा मधेस प्रदेशका महासचिव सुदर्शन काफ्ले ले गरेका थिए।

तस्बिरहरू

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्