सर्लाहीमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन्। ब्रहम्पुरी गाउँपालिका–४ बाट प्रहरीले ८ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ निवासी ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३–०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा उक्त रकम बरामद गरेको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्