Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सांसद कानुको घोषणा: घरेलु हिंसाबाट घाइते हरिकलाको सम्पूर्ण उपचार खर्च बेहोर्ने

पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसाबाट गम्भीर घाइते भएकी हरिकला देवी सहनीको सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेका छन्।

बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा उनले आफ्नो पारिश्रमिक वा अन्य स्रोतबाट भए पनि उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरे।

गत आइतबार बिहान पर्सागढी नगरपालिका–७ मा घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकलामाथि क्रूर आक्रमण गरेका थिए। हातखुट्टा र मुख बाँधेर आराले खुट्टा काट्ने प्रयास गरेको अवस्थामा प्रहरीले उनलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो। प्रारम्भिक उपचारका लागि नारायणी अस्पताल लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ।

सांसद कानुले घटनाका आरोपी विश्वनाथ सहनीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। साथै महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी संसद् अधिवेशनमा यो विषय सशक्त रूपमा उठाउने र पीडितका लागि विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने बताएका छन्

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्