Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।

उनीमाथि एक नाबालिकालाई घरमा राखेर बालश्रम गराएको तथा शारीरिक दुर्व्यवहार गरेको आरोप लागेको छ। यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो।

घटनाको सुरुआत काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका विद्यार्थीहरूले गरेको सर्वेक्षणबाट भएको थियो। सामुदायिक विद्यालयमा अध्ययनरत, अभिभावकसँग नबस्ने बालबालिकाबारे अध्ययन गर्ने क्रममा ती नाबालिकाले आफूलाई श्रमशोषण गरिएको र कुटपिट हुने गरेको खुलाएकी थिइन्।

पीडित नाबालिका करिब ६ वर्षदेखि शर्मा परिवारको घरमा काम गर्दै आएकी थिइन्। उनले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको र हात तथा पाइपले पिट्ने गरिएको बताएकी छन्। साथै, उनी ६ वर्षदेखि परिवारसँग भेट्न नपाएको र दशैंमा समेत घर जान नदिएको गुनासो गरेकी थिइन्।

प्रारम्भिक प्रमाण र गोप्य बयानका आधारमा काठमाडौं महानगरपालिकाले शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो। त्यसपछि महानगरपालिकाको कार्यदलले ती नाबालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो। उद्धारका क्रममा नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी घटनास्थलमा पुगेका थिए।

यसबीच, नाबालिकाका बाबुले छोरीको उद्धारपछि काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्