Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, गाडीमा रास्वपा उम्मेदवारको स्टिकर

रौतहटको ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा संलग्न कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अनुहार अंकित स्टिकर टाँसिएको पाइएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो बा.१५ च. ४२४४ नम्बरको कारले घर नजिकै खेलिरहेकी मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई कार चालकले सोही कारमार्फत उपचारका लागि सिटी अस्पताल गौर पुर्‍याएका थिए।

 

तर अस्पताल पुर्‍याएपछि चालकले बालिकालाई त्यहीँ छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याएको थियो।

 

प्रादेशिक अस्पताल गौर पुर्‍याएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ।

 

प्रहरीले दुर्घटनामा प्रयोग भएको कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको जनाएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनामा संलग्न कारमा झन्डा भने नरहे पनि रास्वपा उम्मेदवारको अनुहारसहितका स्टिकर टाँसिएको थियो। उक्त स्टिकरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि पछि स्टिकर हटाइएको उनीहरूको दाबी छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्