Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपाद्वारा समानुपातिक सांसदका ५७ जनाको नाम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा पठाइने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

समावेशी सिद्धान्तअनुसार खसआर्य समूहबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम छनोट गरिएको जनाइएको छ।

प्रवक्ता झाका अनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ। तर कुन क्लस्टरबाट को–को व्यक्ति परेका छन् भन्नेबारे पार्टीले हालसम्म नाम सार्वजनिक गरेको छैन।

निर्वाचन आयोगले प्राप्त नामावली रुजु गरी आधिकारिक रूपमा अनुमोदन गरेपछि मात्रै सांसदहरूको नाम सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्