प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नु भएको छ। वार्तामा पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै, कतारमा रहेका करिब ३,६०,००० नेपाली नागरिकको सुरक्षा तथा संरक्षणमा नेपाल सरकारको कृतज्ञता व्यक्त गरिएको छ।
प्रधानमन्त्री कार्कीले नागरिकको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले संयम अपनाउन, द्वन्द्व थप नचर्काउन र मानवीय कानुनको सम्मान गर्न आवश्यक रहेको बताइन्। उनले युद्धले कहिल्यै शान्तिको विकल्प नबन्ने उल्लेख गर्दै, दीर्घकालीन शान्ति वार्ता र कूटनीतिक माध्यमबाट मात्र सम्भव हुने बताइन।
त्यसैगरी, दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक–सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास व्यक्त गरियो।
कतारका प्रधानमन्त्री अल–थानीले नेपालसँगको सुमधुर सम्बन्धको प्रशंसा गर्दै, नेपाली नागरिकहरूको योगदानको सराहना गरे। उनले कतारले नेपाली नागरिकलाई हालको परिस्थितिमा पूर्ण सुरक्षा र संरक्षण दिने आश्वासन पनि प्रदान गरे।
उनीहरूले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै, शान्तिपूर्ण र रचनात्मक समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्