Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानमन्त्रीको आह्वानमा स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न बैठक

२१ माघ, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधानमा चासो देखाउँदै सरोकारवालासँग छलफल गर्न बैठक बोलाएकी छिन्। बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन्। नेपालका ठूला अस्पतालहरूले पनि सूचना जारी गर्दै बीमा सेवा दिन नसक्ने जानकारी दिएका छन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले बीमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसकिने जनाएको छ। यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले सोमबार सूचना जारी गर्दै आर्थिक वर्षभित्र बहिरंग (ओपिडी) सेवामा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ।

यसपछि मात्र अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचार सुविधा लागू हुनेछ। उक्त व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउने बोर्डले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्