Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानमन्त्री कप क्रिकेट: कर्णाली दबाबमा, लुम्बिनीको सशक्त सुरुवात

वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश सुदूरपश्चिमविरुद्ध दबाबमा देखिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले १७ ओभरमा ३ विकेट गुमाउँदै मात्र ५५ रन बनाएको छ।

कर्णालीका ओपनर सुनिल धमलाले ३१ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। अर्का ओपनर रवीन्द्र शाही भने पहिलो ओभरमै डकआउट भए। सुदूरपश्चिमका हेमन्त धामीले पहिलो ओभरमै विकेट लिँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

त्यसपछि नारायण जोशीको बलमा सुनिल आउट भएपछि कर्णाली थप दबाबमा परेको हो। अरविन्द घर्तीले ४३ बलमा १३ रन बनाए पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन्। उनी अशोक धामीको बलमा आउट भए। लगातार विकेट गुमाएपछि कर्णाली मध्यम स्कोरमै सीमित हुने संकेत देखिएको छ।

उता जनकपुरस्थित रामजानकी रंगशालामा लुम्बिनी प्रदेशले कोशी प्रदेशविरुद्ध सशक्त सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा आएको लुम्बिनीले ११ ओभरमा बिना कुनै क्षति ७५ रन बनाएको छ।

लुम्बिनीका कप्तान देव खनाल ३८ रन र रञ्जित खड्का ३३ रन बनाएर अविजित रहेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्