Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

२१ फागुन, नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन्। उनले आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सरकार सक्रिय रहेको स्पष्ट पारिन्।

चुनाव सर्ने हल्लाबारे सोधिएको प्रश्नमा उनले भनिन्, “चुनाव सर्दैन। किन सार्नु र? अहिले ३१–३२ अर्ब जति खर्च भइरहेको छ। सबै निर्वाचनमा यति खर्च हुँदैन। विभिन्न ठाउँमा देखिएका अभाव पूरा गर्न, भौतिक पूर्वाधार र आवश्यक सामग्री जुटाउन खर्च भइरहेको हो। अहिले विभिन्न देशबाट सहयोग पनि आइरहेको छ, जुन यो अवस्था नआएको भए अन्यत्र प्रयोग हुन्थ्यो।”

प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने बताइन्। कुनै कारणवश पहिलो चरणमा निर्वाचन हुन नसके दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ।

हिमाली जिल्लामा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने उनले बताइन्।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्