Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

महोत्तरीको भंगाहा नगरपालिका–९ हरिहरपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान पक्राउ पर्नेमा औराही नगरपालिका–२ चेपकट घर भई हाल हरिहरपुर बस्दै आएका ४२ वर्षीय बिरेन्द्र सदा रहेका छन्। उनलाई ३७ वर्षीया श्रीमती अनिता देवी सदाको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कञ्चनबनबाट खटिएको प्रहरी टोलीले बिरेन्द्रलाई तत्काल पक्राउ गरेको हो।

घटनाको प्रकृति तथा हत्या हुनुको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्