Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
लेख

माया

मायाले जीवनको असल मूल्य सम्झाएको छ।

यसले हाम्रो जीवन भित्रको मानवतालाई जगाएको छ,

घृणाले भरिएको यो समाजमा र संसारमा मायाले आफ्नो बादल छाएको छ।

माया खोज्नेले घृणामा पनि प्रेमको बास्ना खोज्दछ।

काँडाले भरिएको बोटमा पनि गुलाबलाई रोज्दछ।

प्रेमको अर्थ मायाले नै बुझाएको छ।

जीवनको हरेक दुःख र सुखलाई, पिडालाई मायाले नै हटाएको छ। 

र, यसले हामीलाई असल मान्छे बन्न सिकाएको छ।

घृणाले भरिएको ठाउँ कहिल्यै मायाको ठाउँ छेक्न सक्दैन।

हाम्रो जीवनमा मायाको अर्थ घृणाले कहिल्यै फेर्न सक्दैन।

माया आफैमा एउटा पवित्र शब्द हो,

बुझ्न सक्नेका लागि यो पवित्रताको बहने अर्थ हो।

र, सबैले रचाउने यो अनमोल ग्रन्थ हो।

पिउन सक्नेका लागि यो अमृत समान छ,

नपिउनेका लागि यो अज्ञानताको प्रमाण छ। 


–
हिमानी पंडित -

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्