Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन

जेन–जी आन्दोलनबारे गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेन जीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि लामो समयसम्म सार्वजनिक नगरिएको भन्दै प्रदर्शनकारी युवाहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले सत्यतथ्य बाहिर ल्याउँदै प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्