Wednesday, July 29, 2026
बुधबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कलैयामा आगलागी, डेढ लाखभन्दा बढी क्षति

कलैया उपमहानगरपालिका–१० निलकण्ठवास्थित गोठालो टोलमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय उजेर हुसेन मन्सुरीको घरमा अचानक सल्किएको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्नबाली र अन्य घरेलु सामग्री पूर्ण रूपमा जलेर खरानी भएको हो।

पीडित परिवारका अनुसार आगलागीबाट करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

छिमेकी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्